काठमाडौं, भदौ ९ गते । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ। मोटोरोला र चौधरी ग्रुपको सहकार्यमा ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित विशेष कार्यक्रममा नयाँ स्मार्टफोन सार्वजनिक गरिएको हो।

मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गर्नुभयो। कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीसँगै अभिनेत्री प्रियंका कार्कीको समेत उपस्थिति थियो।

मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँगको सहकार्यमा स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए। प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी–LYT 710 क्यामेरा, ‘मोटो एआई’, ७,००० एमएएच ब्याट्री र ६८ वाट टर्बोपावर चार्जिङ प्रविधि उपलब्ध छ। त्यस्तै, फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५के क्वाड–कर्भ्ड डिस्प्ले र ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

फोन प्रिमियम फेब्रिक फिनिस तथा प्यान्टोनद्वारा छनोट गरिएका विभिन्न आकर्षक रङमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार मोटोरोला एज ७० फ्युजन अगस्ट २९, २०२६ देखि नेपालभर बिक्रीका लागि उपलब्ध हुनेछ। यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

ADVERTISEMENT

देशभरका डिलर, रिटेलर तथा इन्फ्लुएन्सरको सहभागिता रहेको कार्यक्रममा कम्पनीले बिक्रीसँगै व्यापक वितरण सञ्जाल र सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउने जनाएको छ। उपलब्ध स्पेसिफिकेसन र मूल्यका आधारमा नयाँ फोनले नेपाली प्रिमियम स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।