काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँचजना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराजबहादुर सिंह तथा स्व. सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रति विद्यार्थी ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।

स्व. लक्ष्मणबाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौ कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई राजेशबाबु श्रेष्ठ तथा यस बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापक श्रीमती गिता काफ्लेमार्फत प्रदान गरिएको छ ।

ADVERTISEMENT

साथै स्व. हरिप्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर विरगंज–८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाह, स्व. नवराजबहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई प्रदान गरिएको छ ।

ADVERTISEMENT

स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री अमर माध्यमिक विद्यालय, हेटौडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछाने, स्व. सीताराम प्रसाइ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री सिताराम सामुदायिक अंग्रजी विद्यालय, मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो । यस प्रकारको सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।

ADVERTISEMENT