काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँ कारोबार भएको छ। मंगलबार सुन तोलामा दुई लाख ७७ हजार ९०० सय रुपैयाँ किनबेच भएको थियो।
आज चाँदी तोलाको चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।





