काठमाडौं । प्रभु बैंकले त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिवि व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।
शिक्षामा प्रविधिको पहँुच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको हो । यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
स्तान्तरण कार्यक्रममा प्रभु बैैकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्दी्रय विभागका प्रमुख, प्रोफेसर भवानी शंकर आचार्य, डा.सुनिता भण्डारी तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।
प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरू, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।






