काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ।

अस्पताल प्रशासनले आइतबार सूचना जारी गर्दै असार १५ गतेदेखि बीमाअन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।

ADVERTISEMENT

अस्पतालका अनुसार बीमाअन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समयसमेत तोकिएको छ। सेवाग्राहीले बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १ देखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सकिने छ।

ADVERTISEMENT

स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै गत माघ १ गतेदेखि बिमा कार्यक्रम रोकेको शिक्षण अस्पतालले ६ महिनापछि ओपीडी सेवा मात्र पुनः सुरु गर्न लागेको हो। सरकारले विभिन्न सरकारी अस्पताललाई स्वास्थ्य बिमाको २३ अर्बभन्दा बढी भुक्तानी गरेको छ । सोही कारण शिक्षण अस्पतालले पुनः स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।