काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जले औषधिको प्रिसक्रिप्सन लेख्दा अंग्रेजीमा क्यापिटल अक्षर अनिवार्य हुनुपर्ने निर्देशन दिएको छ ।

अस्पतालले शुक्रबार यो नियम ल्याएको हो । विरामी र आफन्तले डाक्टरले प्रिसक्रिप्सन लेख्दा अक्षर नबुझेको र मेडिकलले पनि गलत औषधि दिने गरेको गुनासो गरेपछि शिक्षण अस्पतालले आफ्ना डाक्टर र शिक्षकलाई यस्तो निर्देशन दिएको हो ।

ADVERTISEMENT

‘यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरुलाई नेपाल सरकार तथा डीन कार्यालयवाट निर्देशित नियमअनुसार बिरामीलाई औषधि प्रेसक्राइब जेनेरिकमा क्यापिटल लेटरमा गर्न जानकारी गराइन्छ,’ शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतमा पनि सरकारले पटकपटक यस्तो निर्देशन दिँदै आए पनि डाक्टरले पालना गरेका छैनन् । जसले गर्दा अभिनेता आमिर खानले अभियान नै चलाउनु परेको थियो । भारतीय अदालतले बुझ्ने अक्षरमा लेख्न आदेश नै सुनाएकाे छ ।

ADVERTISEMENT

नेपालमा पनि त्यस्तै अवस्था छ । शिक्षण अस्पतालको प्रयासलाई धेरैले सराहना गरेका छन् । नेपालमा पनि अधिकांश डाक्टरले औषधि प्रेसक्राइब गर्दा नबुझ्ने अक्षर लेख्ने गरेका छन् । जुन अक्षर फार्मेसिस्टले समेत बुझ्दैनन् ।