काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ई’को अन्तिम खेलमा जर्मनी इक्वेडरसँग २–१ गोलले पराजित भएको छ।

हार बेहोरे पनि गोलअन्तरका आधारमा जर्मनी समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। खेलको दोस्रो मिनेटमै लेरी सेनले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर नवौं मिनेटमा इक्वेडरका निल्सन आर्ग्युलोले बराबरी गोल फर्काए।

ADVERTISEMENT

दोस्रो हाफको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई २–१ को जित दिलाए। जर्मनीले यसअघि क्युरासाओलाई ७–१ र आइभरीकोस्टलाई २–१ ले पराजित गरेको थियो। तीन खेलबाट ६ अंक जोडेको जर्मनी गोलअन्तरका आधारमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो।

यता, समूहकै अर्को खेलमा आइभरीकोस्टले क्युरासाओलाई २–० ले पराजित गर्दै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

ADVERTISEMENT

आइभरीकोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे। आइभरीकोस्टले पनि ६ अंक जोडेको छ भने इक्वेडरले ४ अंकसहित नकआउट चरणमा स्थान बनाएको छ।