काठमाडौं । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फिफा विश्वकपमा नयाँ इतिहास रचेका छन्। उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमान तोड्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन्।

अष्ट्रियाविरुद्धको खेलको ३८औँ मिनेटमा गोल गर्दै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याए। यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उनले क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका थिए।

ADVERTISEMENT

खेलको चौथो मिनेटमै पेनाल्टीको अवसर पाए पनि मेस्सीको प्रहार पोस्ट बाहिर गएको थियो। तर त्यसपछि उनले उत्कृष्ट पुनरागमन गर्दै गोल गरे र नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए।

विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेस्सीले विश्वकपमा अर्को महत्वपूर्ण उपलब्धि थप्दै आफ्नो विरासत अझ बलियो बनाएका छन्।

ADVERTISEMENT