काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ (प्रि-क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ।

फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे भने अर्को गोल ब्राड्ली बाराकोलाले गरेका थिए। एम्बाप्पेले खेलको ४५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ७५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

ADVERTISEMENT

यससँगै एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या १८ पुगेको छ। जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन्।

फ्रान्सले अब अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। पाराग्वेले चारपटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रि-क्वाटरफाइनलमा स्थान बनाएको थियो।

ADVERTISEMENT