काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेको छ ।

आज ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ । ३२५ कम्पनीको दुई करोड कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, टेड्र टावरको ३७ करोड, शिवम् सिमेन्टको ३३ करोड, बुटवल पावरको ३० करोड र न्यादी गुप्रको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । पछिल्लो केही दिनयता नेप्से र कारोबार रकममा पनि उच्च गिरावट आउने क्रम जारी छ ।