काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३६ सय घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको छ।

बुधबार १६ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको दुई लाख ८७ हजार एक सय रुपैयाँ कायम भएको थियो। शुक्रबार सुनको भाउ तोलामा १० हजार पाँच सय रुपैयाँ घटेको थियो।

ADVERTISEMENT

आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १०५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४४ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। मंगलबार तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ चार हजार ५९० रुपैयाँ कायम भएको थियो।