काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।अख्तियारसँग सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापाको समेत नाम जोडिएको बताइएको छ।

स्रोतका अनुसार यस प्रकरणमा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरू हाल सुरक्षा निगरानीमा रहेका छन्।

ADVERTISEMENT

अख्तियारले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ। यद्यपि पक्राउको कारण, आरोपको प्रकृति तथा अनुसन्धानको विस्तृत विवरणबारे आयोगले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको आशंकामा अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ। अनुसन्धानको निष्कर्षपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT