पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको जिल्ला सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतदानमा अधिकारीले ११५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेले ११४ मत प्राप्त गरेका थिए। अधिकारी केवल एक मतान्तरले सभापतिमा निर्वाचित भएका हुन्।
जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल २३३ मत खसेको थियो। त्यसमध्ये चार मतदाताले भने कुनै पनि उम्मेदवारलाई मत नदिएको रास्वपा कास्कीले जनाएको छ।
निर्वाचन परिणामसँगै अधिकारीले अब रास्वपा कास्कीको नेतृत्व सम्हाल्ने भएका छन्।








