काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भारतीय पक्षबाट मात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार विपक्षी सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाली पक्षबाट पनि भारतीय भूमि अतिक्रमण भएको बताएका हुन् ।

ADVERTISEMENT

‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि अस्ती प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, उनले भने, ‘यो कुरा अस्ती भर्खरै थाहा पाइयो । दुईटै देशले हामीले मिचेका छौं, उहाँहरुले मिच्नुभएको छ । त्यसलाई बसेर साथीको रुपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’

नेपालको संसदीय इतिहासमा कुनै पनि प्रधानमन्त्री सदनमै उपस्थित भएर भारतीय भूमि अतिक्रमण गरेको घोषणा गरेको यो नै पहिलोपटक हो । यसबारे संसदमा विपक्षी दलका सांसदहरूले केही प्रश्न गरेका छैनन् । आफ्नो देशलाई तल पार्नेगरी कुनै देशको प्रधानमन्त्री बोल्दैन, तर प्रधानमन्त्री बालेनले यस्तो आपत्तिजनक किन बोले भन्ने बहस सुरु भएको छ ।
प्रधानमन्त्री बालेनले भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि कुरा भइरहेको बताएका हुन् ।

ADVERTISEMENT

उनले ब्रिटिसकालमा सीमा के कस्तो थियो भनेर इंग्ल्यान्डसँग पनि कुरा गरिएको बताए । उनले लिपुलेकबारे भारतसँग स्पष्ट अडान सरकारले राखिसकेको र भारतबाट जवाफ पनि आएको बताउँदै भने। ‘अब इतिहासविद्हरूसमेतलाई राखेर टेबलटक गर्ने कुरा छ । इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ,’ उनले भने ।