काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ। सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलोगरी दिउँसो १ बजे सुरु भएको हो। जारी बैठकमा विपक्षी दलहरूको अवरोध कायमै छ।

सभामुख डोलप्रसाद अर्यालले संसदको कामकारबाही अघि बढाउन आग्रह गरेलगत्तै विपक्षी दलका सांसदहरू कुर्सीबाट उठेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसदमा उभिएर सीमासम्बन्धी जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नहुने विपक्षी सांसदहरूको भनाइ छ ।

ADVERTISEMENT

एमाले उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर, नेकपा सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले बैठकमै आएर जवाफ दिनुपर्ने माग गरे ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आउनै पर्ने, पार्टीले सर्वदलीय बैठक राख्नुको कुनै अर्थ नभएको बताए ।

ADVERTISEMENT