काठमाडौँ । आगामी आर्थिक वर्षको आयव्ययको अनुमानसहित तीन वर्षको मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमलाई पारित गर्न शुक्रबार दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा बस्ने पूर्ण बैठकले पारित गरेपछि यी प्रतिवेदनहरूलाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

ADVERTISEMENT

प्रधानमन्त्रीले नभ्याउने अवस्थामा उनले तोकेका व्यक्तिले पूर्ण बैठकको अध्यक्षता गर्नसक्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्यसँगै यी दस्ताबेज संसद् लैजाने कानुनी व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजना र खर्च संरचनाकै जगमा तयार भएको आर्थिक वर्ष २०८३–८४ को बजेट भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

बजेट तयार पार्न अर्थमन्त्री वाग्ले बिहीबार रातभर अर्थ मन्त्रालयमा बसेका थिए । योजना आयोगले १८ खर्ब ९० अर्बको बजेटेको सिलिङ तोके पनि अर्थमन्त्री वाग्लेले २० देखि २२ खर्बको बीचमा बजेट ल्याउने बुझिएको छ । स्रोतविनै योजना आयोगले तोकेको भन्दा ठूलो आकारको बजेट आउन लागेको हो ।