काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकिएको छ। तर उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइ पूरा भए पनि अनुमोदनसम्बन्धी निर्णय सार्वजनिक भएको छैन।

ADVERTISEMENT

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो।

ADVERTISEMENT

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ सिफारिस भएका थिए।

यसैगरी, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो।अब प्रस्तावित राजदूतहरूको अनुमोदनसम्बन्धी निर्णयपछि उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

ADVERTISEMENT