काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ ।

पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्ययोजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय डिडिसीले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।

ADVERTISEMENT

डिडिसीले अहिले दैनिक रूपमा उल्लेख्य आम्दानी गरिरहेको कर्मचारीहरु बताउँछन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले डिडिसीबाट उत्पादित याकको चिज खाएको तस्बिर राखेपछि अहिले बजारमा डिडिसीको चिजको अभाव देखिन थालेको छ । उत्पादित चिज बजारमा लैजानेवित्तिकै अभाव हुने गरेको कर्मचारीहरुको भनाइ छ ।

ADVERTISEMENT