काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यानकुमार थापाको नाम संसदीय सुनुवाइ समितिले निर्णयका लागि होल्डमा राखेको छ।

बुधबार बसेको समितिको बैठकमा थापाको पीआर र स्वार्थको द्वन्द्वबारे प्रश्न उठेपछि थप विवरण माग गर्दै उनको नाम होल्डमा राखिएको हो।

ADVERTISEMENT

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले आफूले यसअघि नै पीआर त्याग गरेको बताए पनि त्यससम्बन्धी आवश्यक कागजात समितिमा प्राप्त भएको छैन। सम्बन्धित पत्र प्राप्त भएपछि मात्रै निर्णय गर्नु उपयुक्त हुने उनको भनाइ छ।

ADVERTISEMENT

सभापति श्रेष्ठले दसैँपछि बस्ने समितिको बैठकबाट यस विषयमा निर्णय गरिने बताए। समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ भने दुई देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ।