काठमाडौं । लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालयमा किसान र प्रहरीबीच धकेलाधकेल भएको छ ।
अखिल नेपाल किसान महासंघले नेपाली दुग्ध उत्पादक किसानहरूले लामो समयदेखि दूध विक्री वितरणका क्रममा गम्भीर समस्या व्यहोर्नु परिरहेको र पटक पटक दुग्ध विकास संस्थानलगायतका निकायलाई दूधको मूल्य भूक्तानीका वारेमा ध्यानाकर्षण गराउँदासमेत सम्बोधन नभएको भन्दै दिएको धर्नामा प्रहरी र किसानबीच धकेलाधकेल भएको हो ।
धर्नामा सहभागी किसानहरूले ‘किसानलाई पैसा नतिर्ने डिडिसी पाल्न सकिँदैन’, ‘दूग्ध उत्पादक किसान मार्न पाइँदैन’, दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर’ लगायत नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
सडकको छेउमै कार्यालय रहेकाले केही समय ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्नसमेत भएको थियो ।







