काठमाडौँ । बजारमा सोमबार दुुधको खपत दोव्बरले बढेको छ । तिजको दरखाने दिन परेकाले बजारमा दुुधको माग बढ्दा खपत हवात्तै बढेको हो ।

किराना पसलदेखि डेरी उद्योगमा सोमबार बिहानैदेखि दुुध खरिद गर्न ग्राहकको भीड लागेको थियो । दरको दिनमा चेलीबेटीलाई खीरसँगै अन्य परिकार बनाएर खुवाउने चलन रहेको छ । जसको कारणले पनि दुधको विक्रि बढेको डेरी उद्योगीको भनाई छ ।

डेरी उद्योग र दुग्ध विकास संस्थान(डिडिसि) अनुसार दरखाने दिनमा मुलुकभर १८ करोड ९३ लाख रुपैया बराबरको २६ लाख लिटर दुध खपत भएको छ । अन्य समयमा दैनिक ११ देखि १२ लाख लिटर दुध खपत हुुने गरेको थियो । बजारमा माग बढेकाले पनि खपत दोव्बरले बढेको हो ।

ADVERTISEMENT

दरखाने दिनमा अधिकांश घरमा दुुधको प्रयोग हुने गर्छ । खीर पकाएर खाने चलन भएकाले पनि यस दिन बजारमा दुुधको खपत धेरै हुने गर्छ ।

ADVERTISEMENT

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले सोमबार दरखाने दिन परेकाले पनि दुुधको खपत दोव्बरले बढेको जानकारी दिए । नेपालीको चाडको रुपमा तिज पर्व परेको र दर खाने दिनमा घरघरमा खीर खाने चलन भएकाले पनि दुुधको खपत बढेको उनको भनाई छ । अन्य समयमा दुुधको खपत घटेर किसानको भुुक्तानी गर्न नसकेको डेरी उद्योगलाई दर खाने दिनमा दोव्बरले खपत बढ्दा राम्रो आम्दानी भएको छ । सवै भन्दा धेरै दुधको खपत उपत्यकाम हुने गरेको छ ।

ADVERTISEMENT

डिडिसिका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक ८० देखि ८५ हजार लिटर दुध खपत हुने गरेकोमा सोमबार एक लाख पाँच हजार लिटर दुध खपत भएको छ । संस्थानका सुुचना अधिकारी निलकण्ठ उप्रेतीले अन्य दिनको तुुलनामा दरखाने दिनमा दुुधको खपत बढी हुुँदा विक्रि बढेको जानकारी दिए । उहाँका अनुसार उपत्यकामा ८६ हजार लिटर र उपत्यका बाहिर २० हजार लिटर दुुध खपत भएको छ । अन्य दिनमा उपत्यकामा दैनिक ५० हजार लिटर दुुध खपत हुने गरेको छ । तिजको समयमा घिउ पनि विक्रि हुने गरेको छ । बजारमा प्याकेट दुुध प्रतिलिटर एक सय रुपैया , दही प्रतिलिटर एक सय ४० देखि ५० रुपैया र घिउ लिटरमा एक हजार दुई सय रुपैया रहेको छ । सोमबार प्याकेटको दुुधसँगै खुला दुध समेत बढी विक्रि भएको छ ।

यसैबीच दहीको खपत समेत बढेको छ । अन्य दिनमा दैनिक पाँच हजार लिटर खपत हुने गरेकोमा सोमबार खपत बढेर १० हजार लिटर पुुगेको डिडिसिले जनाएको छ । दुधसँगै दही, मिठाई विक्रि भएको भएको डिडिसिले जनाएको छ ।

अन्य समयमा दुधको खपत कम हुने गरेको डेरी उद्योगको भनाई छ । बजारमा माग कम हुुँदा दुुधको विक्रि घट्दै गएको डेरी उद्योगीको भनाई छ । दुधको विक्रि घट्दा डिडिसि र निजी डेरी दुध खरिद गरेको लामो समय सम्मको रकम भुक्तानी गर्न सकेका छैन । डिडिसिले गत चैतदेखिको ८५ करोड रुपियाँ भुुक्तानी गर्न बाँकी रहेको जनाएको छ । निजी डेरी उद्योगले दुुई महिनाको दुध खरिद गरेको रकम भुक्तानी गर्न बाँकी रहेको जनाएका छन् । डिडिसिका अनुसार बजारमा दुुधको खपत घटेको र दुग्धजन्य पदार्थको मौज्दात धेरै हुुँदा समयमा किसानको रकम भुक्तानी गर्न सकिएको छैन । डिडिसि र निजी डेरीको गरेर झन्डै तिन अर्ब रुपैया  किसानको भुक्तानी गर्न बाँकी रहेको छ ।