काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२औं वर्ष प्रवेश गरेको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ । जेठ १७ गतेदेखि जेठ २० गतेसम्म काठमाडौंंस्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुनेछ ।

हरेक वर्षझै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा क्रिकेट लिग गर्न लागिएको बैैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रूपमा रहेको छ ।

ADVERTISEMENT

दिनमा कुल ४५ खेलहरू हुने र २४० जना खेलाडीहरू रहने लिगमा नौ वाणिज्य बैंकहरू, सात विकास बैंक, तीन वित्त कम्पनी, एक लघुवित्त कम्पनी, तीन बिमा कम्पनी र एक मर्चेन्ट बैंकको सहभागिता रहने छ । लिगको उद्घाटन समारोह जेठ १७ गते र समापन तथा पुरस्कार वितरण समारोह जेठ २२ गते हुनेछ ।

बुधबार आयोजित भेटघाट तथा टाई सिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ । साथै कार्यक्रममा टिम कप्तानहरूलाई जर्सीसमेत वितरण गरिएको छ ।

ADVERTISEMENT

लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलीलाई ६ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ ।

प्रतियोगितामा माछापुच्छ्रे, एनएमबी, प्राइम कमर्सियल, कुमारी, एभरेष्ट, नबिल, सानिमा, नेपाल बैंक लिमिटेड, प्रभु, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, मञ्जुश्री फाइनान्स, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनआइएमबि एस क्यापिटलको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल (युटयुब च्यानल) तथा नेवा टेलिभिजन तथा नेवा टेलिभिजनको युटयुब च्यानलमार्फत हुनेछ । बैंकको देशभर १०३ शाखा कार्यालयहरू करिब आठ लाखभन्दा बढी ग्राहकहरू छन् ।