काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला १३ सय रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला प्रतितोला पाँँच हजार एक सय ५० रुपैयाँमा कारोबारभएको थियो।







