काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले राजनीतिक दल परिवर्तन गरेको आधारमा लामासहित स्थानीय तहका १६ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना जारी गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

लामाले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको पद तत्कालका लागि यथावत् राख्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनले जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारीमा निरन्तरता पाउने भएका छन् ।

ADVERTISEMENT

निर्वाचन आयोगले दल परिवर्तन गरेको भन्दै लामासहित १६ जना जनप्रतिनिधिको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको थियो । उक्त निर्णयलाई असंवैधानिक र अन्यायपूर्ण भएको दाबी गर्दै लामा अदालत पुगेका थिए ।

यद्यपि, आयोगको निर्णयबाट प्रभावित अन्य १५ जना जनप्रतिनिधिको हकमा भने सर्वोच्चको अन्तरिम आदेशमा कुनै स्पष्ट उल्लेख गरिएको छैन । उनीहरूको विषयमा अदालतको आगामी निर्णय पर्खिनुपर्ने अवस्था रहेको छ ।

ADVERTISEMENT

छिरिङ लामाका अनुसार अन्तरिम आदेशको प्रमाणीकरण जेठ ११ गते हुने तय भएको छ ।