काठमाडौं। रास्वपा सभापति रवी लामिछानेले प्रधानमन्त्री छिट्टै संसदमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिने बताएका छन्।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री छिट्टै सदनमा आउने र त्यसबारे औपचारिक जानकारी पनि चाँडै सार्वजनिक हुने बताए।
प्रधानमन्त्री संसदमा आउँदा आफूलाई राजनीतिक दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति लामिछानेले आफूलाई कुनै प्रकारको दबाब नरहेको स्पष्ट पारे।
उनले जनताको अपेक्षाअनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूमा सधैं रहने उल्लेख गरे।
सभापति लामिछानेले अहिले पार्टी महाधिवेशन केन्द्रित गतिविधिमा होमिएको बताउँदै महाधिवेशनमार्फत पार्टीलाई व्यवस्थित र सही दिशामा अघि बढाइने धारणा व्यक्त गरे।

ADVERTISEMENT