काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले उकालो लागेर २७८३.८५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ६.०८ अंकले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ । कारोबार भएकामध्ये कूल २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ । चार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
एक करोड चार लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा शीर्ष स्थानमा छन् ।
यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैंकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् ।









