काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले गिरावट आएको हो ।
आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । शुक्रबार सोही परिणामको सुन दुई लाख ९९ हजार नाै सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








