काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा कायम भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बिहीबार दुई अर्ब ९३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । शुक्रबार ३३५ स्टकको ५३ हजार १४ पटकको कारोबारमा तीन अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

होटल फरेष्ट इन कम्पनीको १३ करोड ८६ लाख ९४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको साढे १३ करोड र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज त्रिशूली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। होटल फरेष्ट इण्डको सेयरमूल्य करिब ८ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने सर्वाधिक ६.५४ प्रतिशत घटेको छ।

शुक्रबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।