काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ ।

कमलादीस्थित प्रज्ञा भवनमा उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट मागिरहेका छन्।

ADVERTISEMENT

पूर्वअध्यक्ष शेखर गोल्छा हिरासतमा रहेको र सरकारको छापामार शैलीको कारण उद्योगी व्यवसायीहरुमा एक किसिमको सन्त्रास फैलिरहेको बेला देशभरका उद्योगी व्यवसायीहरुको छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व छनोट हुँदैछ ।

ADVERTISEMENT

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । त्यसैले चार उपाध्यक्षसहित ७३ पदको लागि निर्वाचन हुँदैछ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।

महासंघको यो निर्वाचनमा उम्मेद्वार देखिए पनि कस्ता समस्यालाई कुन तहबाट समाधान गर्ने आदि विषयमा प्रायः सबै मौन छन् ।
सरोकारवाला कुनै पनि व्यवसायीलाई कुन उम्मेद्वारले जित्छ भन्नेबाहेक एजेण्डासँग कुनै चासै छैन ।