काठमाडौं । १८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यलय अगाडि प्रदर्शन गरेको छ ।

बुधबार उद्योग वाणिज्य महासंघको केन्द्रीय कमिटीको बैठक रहेको र सो बैठकमा १८ वटा संस्थाको सदस्यताको विषयमा निर्णय हुने हुँदा १८ वटा संस्थाका प्रतिनिधिहरुले विरोध स्वरूप महासंघको प्रांगणमा प्रदर्शन गरेका हुन् ।

यो विषयले उद्योग वाणिज्य महासंघभित्रको विवाद सतहमा आएको छ ।