काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता वा राहदानी लिएका चिकित्सकहरूको दर्ता विवरण हटाइएको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ को प्रावधानअनुसार यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। यसअघि पनि काउन्सिलले १७ जना चिकित्सकको लाइसेन्स खारेज गरिसकेको थियो।

ADVERTISEMENT

काउन्सिलका अनुसार नेपाली नागरिकता त्यागेर ब्रिटेन, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, जर्मनी, अष्ट्रेलिया र भारतको नागरिकता वा राहदानी लिएका चिकित्सकहरूलाई दर्ता सूचीबाट हटाइएको हो। उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट पनि हटाइएको छ।

लाइसेन्स खारेज हुने चिकित्सकहरूमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. सञ्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ती महर्जन, डा. सृजना श्रेष्ठ लगायत छन्।

ADVERTISEMENT

त्यसैगरी डा. सुनिता विष्ट, डा. दीपा मल्ल, डा. सौरब जिसी, डा. जेनिसा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दीपिका ज्ञवाली, डा. हेमु चौरसिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डेको समेत लाइसेन्स खारेज गरिएको काउन्सिलले जनाएको छ।