काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकले वैशाख १४ गते सिफारिस गरेको दुई अध्यादेशमध्ये सहकारी अध्यादेश बिहीबार जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी अध्यादेश जारी गरेको उल्लेख छ ।
वैशाख १४ गते सहकारीसँगै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो । यस्तै, वैशाख १५ गते थप चारवटा अध्यादेश सिफारिस भएको थियो । पाँचवटै अध्यादेशबारे राष्ट्रपति पौडेलले बिहीबार संविधानविद्हरुसँग परामर्श गर्दैछन् ।









