काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेल शुक्रबार प्रथम महिला सविता पौडेलसहित स्वर्गीय श्रेष्ठको सानेपास्थित निवासमा पुगेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका संंघर्षमा पु¥याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पणको सराहना गरे । पौडेल शुक्रबार नै कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए ।




