काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा झरेको छ ।
आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३४९ कम्पनीको एक करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
पाल्पा सिमेन्ट कम्पनीको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड, कर्पोरेट डेभलपमेन्टको ३० करोड, सोलु हाइड्रोको २८ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन ।





