काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको तीन हजारले घटेर तोलाको दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

सोमवार सुन तोलाको तीन लाख पाँच सयमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १०० रुपैयाँले घटेर चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको पाँच हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।