काठमाडौँ, नबिल बैंक लिमिटेडले मुलुकभरका २७ शाखाबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा सञ्चालन गर्ने भएको छ। यसअघि बैंकको केन्द्रीय कार्यालय तीनधारा तथा पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरा शाखाबाट मात्रै उपलब्ध सेवालाई थप शाखामा विस्तार गरिएको बैंकले जनाएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाईंका अनुसार काठमाडौँ उपत्यकाका १७ शाखा तथा उपत्यकाबाहिरका १० शाखामा यो सेवा सुरु गर्न लागिएको हो। उनका अनुसार डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई सुदृढ बनाउन सेवा विस्तार गरिएको हो।

ADVERTISEMENT

अब ग्राहकले ‘नबिल अनलाइन पेमेन्ट’ सेवामार्फत भिसा आवेदन शुल्क, विश्वविद्यालय तथा कलेजका आवेदन शुल्क, बीमा भुक्तानी, ACCA शुल्क तथा विभिन्न शैक्षिक–व्यापारिक सम्मेलन शुल्कहरू सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। यसका लागि ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड प्रयोग गर्नुपर्ने छैन।

ADVERTISEMENT

उपत्यकाभित्र सेवा उपलब्ध शाखा

तीनधारा, पुतलीसडक, महाराजगञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटी।

उपत्यकाबाहिर सेवा उपलब्ध शाखा

इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरा।

ADVERTISEMENT

नबिल बैंक देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि बैंकले नवीनतम बैंकिङ प्रविधि तथा सेवाको सुरुआतमा अग्रणी भूमिका खेलेको दाबी बैंकको छ।