काठमाडौं । मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । वर्षा नभएपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खानेपानीको चरम अभाब सिर्जना भएको छ ।

अहिले वीरगन्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा खानेपानीको चरम अभाब देखिएको छ । महानगरको १९ नम्बर वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोलमा खानेपानीको चरम अभाब देखिएको छ ।

ADVERTISEMENT

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ । हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनीअन्तर्गत श्री श्रीजंग गणले दैनिक तीन चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको मद्दतमा ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

‘नेपाली सेनाले दिनको तीनपटक पानी वितरण गर्छ । अहिले खाना पकाउन, पानी पिउन यही पानी प्रयोग गर्छौं,’ स्थानीय मोटर मियाँले भने, ‘गाउँको सबै चापाकल, इनार, कुवा सुकिसक्यो, वर्षात पनि भएको छैन। यहाँ धेरै समस्या छ ।’

ADVERTISEMENT

स्थानीय सुरजकुमार यादवले कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको बताए । ‘पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, पालिकाले केही गरेको छैन,’ उनले भने ।

default

default

default