काठमाडौं । बालेन्द्र शाह बालेन प्रधानमन्त्री बनेपछि पहिलोपटक नेप्से बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
लगातार दुई दिनसम्म घटेको नेप्से आज १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा अडिएको छ। यसदिन ३३९ वटा स्क्रिप्सको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको ४८ करोड सेयर कारोबार भएको छ । अपी पावरको ४० करोड, एनआरएन इन्फ्रास्टस्क्चरको ३७ करोड ८७ लाख, साइप्यानलको ३७ करोड ४२ लाख, कुमारी बैंकको ३५ करोड ९० लाख कारोबार भएको छ ।
मंगलबार ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावरको १० प्रतिशत सेयर मूल्य बढेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर ९.९७ प्रतिशतले सेयरको मूल्य बढ्यो।








