काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा कमी आएको छ। आइतबार तोलामा १२ हजार पाँच सय घटेको सुनको मूल्य सोमबार ६५ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

आइतबार सुन दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। एक हप्ताको अवधिमा सुनको मूल्य ३४ हजार रुपैयाँ घटेको छ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ मा कारोबार भइरहेको छ। आइतबार चाँदी चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएपछि नेपालमा पनि त्यसको असर परेको छ । यसअघि सुन तोलाको तीन लाख ३९ हजार र चाँदी तोलाको सात हवार रुपैयाँ पुगेको थियो ।