काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेको हो ।

आज प्रतितोला सुन तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो । हिजो सुन तोलामा ३८ सयले वृद्धि भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलामा ३१० रुपैयाँ बढेको थियो ।