काठमाडौं । साताको पाँचौ दिन अर्थात् कात्तिक २७ गते सुनको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला  १ सय ७० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूलय प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।