काठमाडौं । नेपाली बजारमा सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो। आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १२० रुपैयाँले घट्दै आज ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २५० रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाले गर्दा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।








