काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेकी छन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केही समयअघि मात्रै पत्रकार सम्मेलन सुरु भएको हो ।
एमालेले पार्टी सदस्यता खारेज गरेपछि भण्डारीले पहिलोपल्ट सार्वजनिक कार्यक्रममा औपचारिक धारणा राख्न लागेकी हुन् । उनले आफू एमालेमै रहेको र सक्रिय राजनीति गर्ने घोषणा गर्ने भएकी छन् ।








