काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ ।

सोमबार दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेका छन् ।

ADVERTISEMENT

निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । एक स्थानमा अग्रता लिएको छ । एमाले आठ स्थानमा विजयी र एक स्थानमा अगाडि छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् । श्रम संस्कृति पार्टीका तीनजना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ८९ लाख २४ हजार ४८३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले ४३ लाख १९ हजार ८३५, कांग्रेसले १४ लाख ३५ हजार ८७०, एमालेले १२ लाख १३ हजार १३९ र नेकपाले ६ लाख ३९ हजार ८४७, श्रम संस्कृति पार्टीले तीन लाख १० हजार ९० र राप्रपाले दुई लाख ९१ हजार ५३१ मत प्राप्त गरेको छ ।