काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार बिहानदेखि मतगणना गर्ने तयारी गरेको हो। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान ८ बजेबाट मतगणना सुरु गरिनेछ।
निर्वाचन समितिले मतगणनाका क्रममा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक अन्य प्रतिनिधिका लागि प्रवेशको व्यवस्था नगरिएको जनाएको छ।








