काठमाडौं । झापाको विर्तामोड नगरपालिका–५ भद्रपुर रोड क्षेत्रबाट नमूना मतपत्रसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो करिब पौने २ बजे नेपाल प्रहरीको टोलीले सोही स्थानमा बस्ने ५१ वर्षीय राजुजंघ कन्दङवालाई ५६५ प्रति ठूलो र २७ प्रति सानो नमूना मतपत्रसहित नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका नमूना मतपत्रसहित उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन क्षेत्र नं. २ निर्वाचन कार्यालय, शनिश्चरेमा बुझाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







