अमेरिका : डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार बन्द गर्ने धम्की दिएका छन्। स्पेनले इरानमा चलिरहेको सैन्य अपरेसनका लागि अमेरिकालाई आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
व्ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा ट्रम्पले स्पेनको कडा आलोचना गर्दै त्यसको व्यवहार ‘खराब’ रहेको टिप्पणी गरेका थिए। उनले भने, “हामी स्पेनसँगको सबै व्यापार बन्द गर्न सक्छौँ। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौँ।”
यद्यपि, ट्रम्प प्रशासनले यो धम्की कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषय स्पष्ट भएको छैन। यदि व्यापार रोक्ने निर्णय गरियो भने युरोपियन युनियनको सदस्य राष्ट्र स्पेनसँग सम्बन्ध विच्छेद गर्न कस्ता कूटनीतिक र आर्थिक कदम चालिनेछन् भन्ने विषय पनि अन्योलमै छ।
ट्रम्पको यस चेतावनीले दुई देशबीच पहिलेदेखि चल्दै आएको तनावलाई अझ चर्काउन सक्ने देखिएको छ। स्पेनले यसअघि पनि नाटोका सहयोगी राष्ट्रहरूले रक्षा खर्च बढाउनुपर्ने ट्रम्पको मागको खुलेर विरोध गर्दै आएको थियो।
स्पेनसँग सबै व्यापार बन्द गर्ने ट्रम्पको धम्की






