काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४८ अंकले बढेर २९८३.३६ बिन्दुमा पुगेको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ । ३२८ कम्पनीको तीन करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ७७ करोड रुपेयाँ बराबरको कारोबार भएको छ । न्यादी गुप्रको ७१ करोड, ग्रीन भ्यान्चरको ६६ करोड, लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको करोबार भएको छ ।

आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।