ललितपुर । पुल्चोकस्थित दाउरा थकाली मा लागेको आगो नियन्त्रणमा आएको छ।जिल्ला प्रहरी परिसर ललितपुर का एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमै दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको उनले जानकारी दिए। रेस्टुरेन्ट बाहेक अन्य केही स्थानमा आंशिक क्षति पुगेको बताइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

ADVERTISEMENT

तस्वीरहरु :

ADVERTISEMENT