भरतपुर । चितवनको भरतपुरमा ‘शैक्षिक गुणस्तर वृद्धि’ बारे एकदिवसीय गोष्ठी सम्पन्न भएको छ । सिर्जनशील नेपाल, भरतपुर महानगरपालिका- १० को आयोजना तथा वडा नम्बर-२६ को आर्थिक सहयोगमा आइतबार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

आदर्श माध्यमिक विद्यालय, दिव्यनगरको सभाहलमा आयोजना भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूले शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको आवश्यकता तथा समुदायको भूमिकाबारे धारणा राखेका थिए ।

ADVERTISEMENT

भरतपुर महानगरपालिका-२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

ADVERTISEMENT

कार्यक्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक गोपालप्रसाद कँडेल, पूर्वउपसचिव तथा शिक्षाप्रेमी खेमनन्द भुसाल र पूर्वप्रधानाध्यापक भुवानीप्रसाद पौडेलले प्रशिक्षकका रूपमा विशेष प्रस्तुति दिएका थिए । उनीहरूले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।

शिक्षा तथा सरोकार कार्यक्रमका अभियन्ता एवं आजीवन सदस्य विश्वराज अर्यालले कार्यक्रमको औचित्य र महत्त्वबारे प्रकाश पार्दै यस्ता अन्तरक्रियाले शिक्षा क्षेत्र सुधारमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा वडा नम्बर २६ अन्तर्गत रहेका नौवटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि, शिक्षक अभिभावक संघका प्रतिनिधि, बालशिक्षक, शिक्षक प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा टोल विकास समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता थियो।

संस्थाका सदस्य दयानिधि अर्यालले कार्यक्रमको आवश्यकता र ओैचित्यतामाथि प्रकाश पारेका थिए । सहसचिव शोभाकर भण्डारीले अन्तरक्रियापछि सहभागीहरूले कार्यक्रम फलदायी र ज्ञानवर्द्धक भएको प्रतिक्रिया दिए ।

अध्यक्ष मुक्तिनाथ ढकालले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने वडा कार्यालय, सहयोगी संस्था तथा व्यक्तित्वहरूका साथै ललितपुरको गोदावरी–३ निवासी उपेन्द्र अर्याल, विभिन्न प्राविधिक सामग्री सहयोग गर्ने सहयोगीहरू तथा युवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद अधिकारीलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गरे ।